नियम ४४
दाबी अस्वीकृत गर्न सक्ने
: (१) देहायको अवस्थामा सदस्य संस्थाले पेश गरेको भुक्तानी दाबी कोषले अस्वीकृत गर्न सक्नेछ :-

(क) सदस्य संस्थाले प्रचलित कानून विपरित कर्जा लगानी गरेको देखिएमा,

(ख) सदस्य संस्थाले गरेको अनुगमनबाट कर्जाको दुरुपयोग भएको भन्ने जानकारी प्राप्त भएकोमा त्यस्तो क्रणीलाई थप कर्जा प्रवाह गरेको देखिएमा,

(ग) भुक्तानी दाबीसँग सम्बन्धित कर्जाको नियमानुसार बुझाउनु पर्ने सुरक्षण शुल्क नबुझाएमा,

(घ) धितो लिलाम बिक्री गर्दा कर्जा असूल उपर हुन सक्ने अवस्थामा लिलाम बिक्री सम्बन्धी कारबाही नगरेको वा रद्‌ गरेको भएमा,

(ङ) भुक्तानी दाबीसाथ पेश गर्नु पर्ने सम्पूर्ण कागजात पेश नगरेको वा कोषले माग गरेको कागजात तीस दिनभित्र पेश नगरेमा ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि क्रणीले कर्जा दुरुपयोग गरेको भनी सदस्य संस्थाले कर्जाको अन्तिम भुक्तानी मिति अगावै प्रमाण सहित कोषमा भुक्तानी दाबी गरेको अवस्थामा बाहेक कर्जाको अन्तिम भुक्तानी मितिसम्ममा सावाँ र ब्याज समेत गरी कम्तीमा पच्चीस प्रतिशत कर्जा चुक्ता नगरेको कर्जाको कोषले दाबी भुक्तानी गर्ने छैन ।

(३) उपनियम (१) बमोजिम कोषले दाबी अस्वीकृत गरेमा सोको जानकारी सात दिनभित्र सम्बन्धित सदस्य संस्थालाई दिनु पर्नेछ ।